पुरण मगरलाई भेट्न अस्पतालमा पुगे जीटीए अध्यक्ष अनित थापा

सिलगढ़ी: मल्ली गोलीकाण्डमा घाइते भएर उपचाराधिन अवस्थामा रहेका पुरण मगरलाई भेट्न आज जीटीए अध्यक्ष अनित थापा सिलगढ़ीस्थित निजी अस्पतालमा आइपुगे। त्यहाँ तिनले चिकित्सक तथा घाइतेसित कुराकानी गर्नको साथै तिनको स्वास्थ्य सम्बन्धित जानकारी लिए। यसको साथै अनित थापाले आफुबाट हुन सक्ने सबै सहयोग गर्ने घाइते पुरण मगरलाई आश्वासन दिएको बताइएको छ।


यस अवसरमा अनित थापाको साथमा गोजमुमो सांगठनिक सचिवा ऋषिका छेत्री पनि उपस्थित थिइन्। पीडित एवम् तिनको परिवारलाई भेटे गरेपछि पत्रकारहरूसितको कुराकानीमा जीटीए अध्यक्ष थापाले बिरामीको अवस्था हाल स्थिर रहेको बताए। स्मरण रहोस, गत 10 मार्चको दिन मल्लीमा रेलवे परियोजनालाई लिएर देखा परेको विवादपछि कालेबुङका वार्ड पार्षद कुणाल प्रधानले चलाएको गोली लागेर पुरण मगर अनि पेम्बा तामाङ घाइते भएका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *