पुरानो अपराधीको घरमा पुलिसको छापामार अभियान, एउटा 7 एमएम पिस्तोल उद्धार

सिलगढी : भक्ति नगर थाना पुलिसले सिलगढीको 44 नम्बर वार्डस्थित जनता नगर इलाकाको एउटा घरमा अभियान चलाएर एउटा 7 एमएम पिस्तोल र एउटा नकली लाइटर बन्दुक जफत गरेको छ। तथापि, उक्त घरका विप्लव सरकार उर्फ कङ्गारूले सुइँकुच्चा ठोकेको बताइएको छ। भक्ति नगर थाना पुलिस सूत्रले दिएको जानकारी अनुसार विप्लव सरकार पुरानो अपराधी हुन् भने तिनलाई धेरै समय अघि पानीट्याङ्की आउटपोस्ट पुलिसले आग्नेयास्त्रको व्यवसायमा लिप्त रहेको आरोपमा पक्राउ गरेको थियो। केही समय अघि मात्र तिनी बेलमा रिहा भएका थिए। गत राति भक्ति नगर थानाका आईसी अमरेश सिंहले विप्लव सरकारको घरमा आग्नेयास्त्र राखेको गोप्य सुइँको पाएपछि स्पेशल टोलीले तिनको घरमा छापामार अभियान चलाएर एउटा पिस्तोल र नकली लाइटर बन्दुक उद्धार गरेको छ। तथापि, विप्लवले सुइँकुच्चा ठोकेपछि हाल पुलिसले तिनको खोजी शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *