पूर्व विधायक तथा एसडीएफ-का शीर्ष नेता एसके प्रधानको निधन

सिलगढी : सिक्किमका पूर्व विधायक तथा एसडीएफ-का शीर्ष नेता एसके प्रधान (सुकुमार प्रधान)-को आज निधन भयो। प्राप्त जानकारीअनुसार सिलगढीको डा. नायक नर्सिङ होममा उपचाराधीन अवस्थामा आज बिहान 10 बजेर 45 मिनटमा तिनले अन्तिम श्वास फेरे। तिनको निधनमा एसडीएफ पार्टीले गहिरो शोक प्रकट गरेको छ। स्मरण रहोस्, एसके प्रधान सेन्ट्रल पान्दाम, सिक्किमको एसडीएफ पार्टीका पूर्व विधायक थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *