पूर्व चर्चित हकी खेलाडी मेजर ध्यानचन्दको 115औँ जन्मदिन पालन

सिलगढी : भारतीय पूर्व चर्चित हकी खेलाडी मेजर ध्यानचन्दको आज 115औँ जन्म जयन्ती सिलगढीमा पालन गरियो। ध्यानचन्दको जन्म जयन्तीलाई राष्ट्रिय खेल दिवसको रूपमा पालन गर्ने गरिन्छ। आज सिलगढी क्रिकेट लभर्स वेलफेयर अर्गनाइजेशनको तर्फबाट यहाँको कञ्चनजङ्घा स्टेडियममा केक काटेर तिनको जन्मदिन पालन गरियो। यस अवसरमा संस्थाका अध्यक्ष मनोज बर्मालगायत अन्य सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *