पूर्व राष्ट्रपति प्रणब मुखर्जी कोरोना संक्रमित

दिल्ली : पूर्व राष्ट्रपति प्रणब मुखर्जी पनि कोरोना संक्रमित भएका छन्। आज दिउँसो प्रणब मुखर्जीले ट्वीटमार्फत् यसबारे जानकारी दिएका छन्। तिनले ट्वीटमार्फत् दिएको जानकारीअनुसार अस्पतालमा टेस्ट गर्दा रिपोर्ट कोरोना पोजेटिभ आएको बताएका छन्। तिनले गत एक हप्ताको अवधिमा आफूसित सम्पर्कमा आएका सबैलाई कोरोना टेस्ट गराउने साथै आइसोलेट हुने ट्वीटमार्फत् अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *