पूर्व सभासद् अरूण घिसिङसहित 250 परिवार भाजपा-मा सामेल

मिरिक: गोजमुमो बिमल पन्थीबाट राजीनामा दिएका नेता एवम् पूर्व सभासद अरुण घिसिङ लगायत मिरिकको विभिन्न गाउँबस्तीका लगभग 250 घर परिवार आज भाजपामा सामेल भए। मिरिकको नारी भवनमा सम्पन्न भाजपाको एउटा सभामा घिसिङ लगायत अन्यलाई भाजपाको तर्फबाट स्वागत जनाइयो। यस अवसरमा भाजपा खरसाङ आसनका प्रार्थी बीपी बजगाइँले मिरिकमा जनसम्पर्क अभियान गरे। गोर्खाको भविष्य सुनिश्चित गर्न तथा दार्जिलिङको स्थायी राजनैतिक समाधान गर्न भाजपालाई साथ दिने तिनले सबैसित आह्वान गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *