पूर्व सभासद चम्पा विभार पितृ शोकमा

खरसाङ: सुकुना पानीघट्टा समष्टिका भूतपूर्व सभासद एवं गोर्खा जनमुक्ति मोर्चा नेतृत्व चम्पा विभार पितृ शोकमा परेकी छन्। तिनको पिता भोलानाथ विभारको निधन भएको छ। ब्रिटिशकालिन समयदेखि बाजे बराजु लोहागढमा बसोबास गर्दै आएकाले तिनी डीटीडीपीएलयु-को सदस्य साथै लोहागढ चिया बगानका अवकाशप्राप्त कर्मचारी थिए। आज तिनको निधनमा लोहागढले एक वरिष्ठ नागरिक अनि एक असल व्यक्तित्व गुमाएको बताइएको छ। भूर्व सभासद चम्पा विभारको पिताको निधनमा गोजमुमो अध्यक्ष बिमल गुरुङले जारी विज्ञप्तिमा शोक समवेदना प्रकट गर्नको साथै शोकाकुल परिवारलाई आन्तरिक हृदयबाट शोक सम्वेदना प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *