पूर्व सभासद नर्बुजी लामाको सहयोगमा आकांक्षा थापालाई दसौं श्रेणीसम्म ग्रीनशिल्ड स्कूल तकदाहमा पढाउने

टिस्टाभेल्ली: सन् 2017 को गोर्खाल्याण्ड आन्दोलनमा जेलबन्दी बनेका टिस्टा भेल्ली निवासी फिरोज थापाको छोरी आकांक्षा थापालाई माध्यमिक तहसम्मको शिक्षा अध्ययन आफुले गरिदिने वचन तकदाह निवासी शिक्षाविद् तथा गोर्खा जनमुक्ति मोर्चाका पूर्व सभासद नर्बुजी लामाले दिएका थिए। तिनले आफ्नो वचन पुरा गर्दै टिस्टाभेल्ली फिरोज थापाको घरमा पुगेर नानी आकांक्षालाई शिक्षा अध्ययनको निम्ति आफ्नै आइसीएसई बोर्ड स्कूल ग्रीन सिल्ड तकदाहको होस्टेलमै राखेर पढाउने भनी सल्लाह दिए।यस भन्दा अघि आकांक्षा टिस्टा भेल्ली कै स्कूल गुरुकुल एकाडेमीमा अध्ययनरत् थिए भने आउँदो शिक्षा अब तिनले ग्रीनसिल्ड एकाडेमीबाट निरन्तर रूपमा गर्ने छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *