पूर्व सभासद योगेन्द्र राई र प्रभा छेत्रीले पार्टी छोड्दा फरक पर्दैन: बन्धन लामा

खरसाङ : गोर्खा जनमुक्ति युवा मोर्चा खरसाङ टाउन कमिटी प्रवक्ता बन्धन लामाले आज एक प्रेस भेला गरेर हालैमा पूर्व  सभासद योगेन्द्र राई अनि प्रभा छेत्रीले पार्टी परिवर्तन गरेर बिमलपन्थी गोजमुमोमा गएको विषयमा बोल्दै, तिनीहरू जुनै पार्टीमा गए पनि केही फरक नपर्ने बताए। तथापि पूर्व सभासद योगेन्द्र राईले पत्रकारहरूसित कुराकानी गर्दै पहाड़मा किम जोङको जस्तै डिक्टेटरशिप रहेको छ भनेको कुरामा आफ्नो आपत्ति छ भनी तिनले बताएका छन् । पहाड़मा शान्ति श्रृंखला कायम गर्ने र विकासको कार्यहरू गर्ने बिनय अनित हुन्, जसको हामी प्रशंसा गर्छौं तर पूर्व सभासद योगेन्द्र राईले लगाएको आरोप हामी स्वीकार्दैनौं भनी तिनले बताए। तिनले पत्रकार सम्मेलन गरेर पूर्व सभासद योगेन्द्र राईले माफी माग्नुपर्छ भनी बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *