पूर्व सांसद दावा लामाको निधनमा क्रामाकपा प्रमुख आरबी राईद्वारा गहिरो शोक प्रकट

सोनादा (निसं): पूर्व सांसद तथा क्रामाकपा नेता दावा लामाको निधनमा क्रामाकपा प्रमुख आरबी राई गहिरो शोक प्रकट गर्दै दार्जिलिङ पहाडका एक ऐतिहासिक पुरुष, राजनेता, गोर्खा जातीय विभूति दावा लामाको देहान्त अपूरणीय जातीय क्षति भएको बताएका छन्। स्मरण रहोस, क्रामाकपा केन्द्रीय सल्लाहकार परिषदका अन्यतम सदस्य, पश्चिम बंगाल वामपन्थी सरकारका पूर्व मन्त्री, पहाड -मधेस दुवै क्षेत्रका शोषित श्रमिक-किसान जनताका प्रिय चुङथुङ चियाबारी निवासी वयोवृद्ध दावा लामाले 3 अप्रेल राति दार्जिलिङ सिहमारीस्थित भानुग्राममा छोरी श्रीमती धनरूपा तामाङको घरमा आफ्नो जीवनको अन्तिम सास फेरे।

प्राप्त जानकारी अनुसार आफ्ना पिता साबुत लामाको पालोदेखिकै विद्रोही विरासत बोकेका दावा लामाले चुङथुङ कमानका मजदूर संगठन बाहेक समस्त पुलबजार बिजनबारी इलाकाको मजदूर आन्दोलन साथै विराट बिजनबारी ब्लकका शोषित किसानहरूको सङ्घर्षलाई जोडदार तुल्याएका थिए। सारा भारत तथा पश्चिम बंगालमा चलेको अत्याचारी कङ्ग्रेसी शासनमा परेर तिनले सन् 1973 देखि 1977 सम्म कारावासमा जीवन बिताए। सन् 1977 मा बंगालमा वामफ्रन्ट सरकार आएपछि 80 को दशकदेखि लामो समयसम्म तिनी पार्वतीय विकास मन्त्रीको पदमा रहेर पहाडको निम्ति थुप्रै महत्वपूर्ण विकास कार्यमा योगदान दिन सक्रिय रहेका थिए।

यसैगरी, गोर्खा जातिको अस्मिताको सवालमा उठेको हिंसात्मक गोर्खाल्याण्ड आन्दोलन, बंगाली अन्ध जातीवादको विरुद्ध माक्सवादी पार्टीभित्र उठेको विद्रोह तथा पहाडका विद्रोही माकपा नेताहरूद्वारा नयाँ पार्टी क्रामाकपा गठन गरिँदा दावा लामा आफु राज्यसभा सांसद छँदै पनि त्यो पार्टी त्याग गरेर क्रामाकपा-मा सामेल हुनुले जातिप्रतिको तिनको इमान्दारी, त्याग भावना र सही क्रान्तिकारीता छर्लङ्ग देखिन्छ। पहाडको राजनैतिक इतिहासमा सुनौलो अक्षरले लेखिनपर्ने अध्याय यसरी तिनले रचेका छन्। सन् 1996 मा क्रामाकपा-को गठनपछि यसले गोर्खाल्याण्ड आन्दोलनमा चलाएको सन् 1998 – 2000 को सर्वदलीय मोर्चा (जसमा गोरामुमो वाहेक) आठवटा पार्टी सामेल थिए र यसले तत्कालीन बाजपेयी, आडवाणी र सुषमा राजमा चलाएको लगातार दिल्ली अभियानमा दावा लामाको सांसदकालीन भूमिका खुबै महत्त्वपूर्ण थियो। त्यसपछि पनि दार्जिलिङको राजनैतिक पट-परिवर्तन सँगै गोर्खाल्याण्डको सवाललाई दिल्ली दरबारमा पुर्याउन आफ्नो जीवनको अन्तिमकाल (सन् 2023) सम्म उनी शारीरिक रूपमा अशक्त छँदा पनि मानसिक रूपमा सक्रिय रहे। आफ्ना जीवन परिचर्यामा, अति सरल, विनम्र, निष्कपट र ईमान्दार रहेका दावा लामा पहाडी राजनैतिक इतिहासका अमूल्य धरोहर हुन्। क्रामाकपा गोर्खा जातीय मुक्तिसँगै शोषितवर्गका मुक्ति योद्धा दावा लामाप्रति क्रामाकपा-नेता आरबी राईले भावमय, श्रद्धाञ्जलि अर्पण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetandyou girişbetandyoucasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes