पूर्व शिक्षक एवम् ‘साहित्यभूषण’ धर्मवीर रुम्बाको आकस्मिक निधन

खरसाङ : नेपाली साहित्यलाई आफ्नो अथक सेवा दिँदै आएका खरसाङ महकुमा अन्तर्गत सिटोङ तीन शेल्पु निवासी साहित्यकार एवम् सिटोङको पञ्चवती उच्चत्तर माध्यमिक विद्यालयका भूतपूर्व शिक्षक ‘साहित्यभूषण’ धर्मवीर रुम्बाको आकस्मिक निधन भएको छ। तिनी लामो समयदेखि बिमारी अवस्थामा थिए। तिनको निधनको खबरले साहित्यकार, साहित्यानुरागी सबैलाई शोकित तुल्याएको छ। तिनले सम्पादन गरेका ‘घामफुल’ पञ्चबत्ती उच्च माध्यमिक बिद्यालय, ‘चित्कार’ गोजिका पत्रिका, ‘जय किसान’ सम-सामयिक लगायत ‘अध्याय’ को सम्पादक मण्डलीमा रहेर समसामयिक साहित्यिक सङ्कलन प्रकाशित गर्नुमा अहम् भूमिका निर्वाह गरेका थिए। यसवाहेक तिनको ‘निर्मुक्त अक्षर’ कविता सङ्ग्रह प्रकाशित छ भने नब्बेको दशकमा थुप्रै जनवादी गीतहरु रचना गरेका थिए। विभिन्न सङ्गीतकार-गायकहरूले तिनका गीतहरु सङ्गीतवद्ध गरेर गाएका पनि छन्। तिनको निधनमा सिटोङ साहित्य मञ्चद्वारा हार्दिक सम्वेदना प्रकट गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *