पूर्व शिक्षक जेबी राईलाई श्रद्धाञ्जलि चढाए अनित थापाले

खरसाङ: पुष्परानी पाठशालाका भूतपूर्व शिक्षक जेबी राईको देहान्त भएपछि आज बिहान तिनको पार्थिव शरीरलाई श्रद्धाञ्जलि अर्पण गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापा खरसाङस्थित चाँदमारीस्थित तिनको घर पुगे। त्यहाँ पुगेर तिनले सबैको प्रिय गुरूबा 87 वर्षीय जेबी राईलाई खदा चढाउनको साथै अन्तिम श्रद्धाञ्जलि अर्पण गरे। यसको साथै अनित थापाले शोकित परिवारका सदस्यहरूसित भेटे गरेर सान्त्वना दिए। 87 वर्षीय जेबी राईको निधनमा गहिरो शोक व्यक्त गर्दै तिनको निधनले ठूलो क्षति पुऱ्याएको कुरा अनित थापाले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *