पूर्व तृणमूल नेताको घरमा छापामार अभियान, नकली रम-रक्सी बनाउने सामग्री उद्धार

सिलगढी : विधाननगरमा तृणमूलका पूर्व नेता विश्वजीत सरकारको घरमा पुलिसले छापामार अभियान चलाएर 40 लाख रुपियाँको नकली रम-रक्सी बनाउने उपकरण उद्धार गरेको छ। स्मरण रहोस्, केही दिन अघि बिहार पुलिसले सिलगढीको कलेजपाडाबाट विश्वजीत सरकारलाई पक्राउ गरेर बिहार लगेको थियो। सिलगढी महकुमाको विधाननगरमा नकली रम-रक्सी तयार गरेर बिहारमा तस्कर गर्ने तिनीविरुद्ध आरोप रहेको छ। यसपछि बिहार पुलिस र विधाननगर इन्भेस्टिगेसन सेन्टरका पुलिसले संयुक्त रूपमा विश्वजीतको घरमा अभियान चलाएर माटोमुनि लुकाएर राखेको धेरै मात्रामा स्पिरिट, सिसाको बोतल, कार्टुन उद्धार गरेको छ। उक्त सामग्रीको सहयोगमा नकली रम-रक्सी तयार पारेर तिनले बिहारमा तस्कर गर्ने गरेको बताइएको छ। छापामार अभियान अवधि पुलिसले विश्वजीतको घरमा केही पिकअप भ्यान पनि देखे। सम्भवतः नकली रम-रक्सी उक्त पिकअप भ्यानमा भरेर बिहार पठाउने गरेको पुलिसले अनुमान लगाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *