पुष्पा छेत्री हत्याकाण्ड: आरोपी प्यारामिलिट्री जवान अरुण पोर्तेललाई पञ्जाबबाट ल्याइपुऱ्यायो सिलगढी

सिलगढी, 20 दिसम्बर : पुष्पा छेत्री हत्याकाण्ड मामिलामा प्यारामिलिट्रीका जवान अरुण पोर्तेललाई सिलगढी भक्तिनगर पुलिसले पञ्जाबबाट गत राति सिलगढी ल्याइपुऱ्याएको छ। गत मंगलवार पञ्जाबको अमृतसरबाट पक्राउ गरेपछि तिनलाई अदालतमा पेश गरेपछि 10 दिनको लागि ट्रान्जिट रिमाण्डमा सिलगढी पठाएको छ। दुई दिनको रेल यात्रा गरेर पुलिसले आरोपी अरुणलाई गत राति सिलगढी ल्याइपुऱ्याए।
स्मरण रहोस्, गत 8 नोभेम्बर सिलगढीको भानुनगरमा भाडा घरमा बस्ने युवती पुष्पा छेत्रीको रगताम्मे अवस्थामा शव फेला परेको थियो। त्यसपछि हत्याको मामिला दर्ता गरेपछि जाँचमा जुटेको पुलिसले युवतीको विवाहित प्यारामिलिट्री जवान अरुणसित प्रेम सम्बन्ध रहेकोले स्वयम् जवान र तिनका पत्नीले षडयन्त्र रचेर युवतीको हत्या गर्न सुपारी किलरलाई प्रयोग गरेको कुरा पत्तो लगाए। यसपछि 15 नोभेम्बरमा पुलिसले माल बजारबाट प्यारामिलिट्री जवान अरुणकी पत्नी प्रतिका पोर्तेल र दुई जना सुपारी किलरमध्ये एक रुशतम विश्वकर्मालाई पक्राउ गरेको थियो। त्यसपछि 18 नोभेम्बरमा दोस्रो भाडाका हत्यारा अभिजीत दर्जीलाई चेन्नईबाट पुलिसले पक्राउ गरेको थियो।
उक्त हत्याकाण्डमा तीन जना आरोपी पक्रा परे तापनि प्यारामिलिट्री जवान अरुणलाई पक्राउ गर्न कानूनी जटिलताहरू थिए। यसकारण पुलिसले अरुणलाई पक्राउ गर्न सकेको थिएन। अन्तत: कानूनी जटिलताहरूलाई समाधान गरेपछि भक्तिनगर थाना पुलिसले पुष्पा छेत्री हत्याकाण्डको चौथो आरोपी प्यारामिलिट्री जवानलाई पञ्जाबबाट पक्राउ गरेपछि अमृतसर अदालतमा पेश गर्नको साथै ट्रान्जिट रिमाण्डमा सिलगढी ल्याइपुऱ्याएको छ। आज शुक्रबार पुलिसले आरोपी अरुणलाई जलपाईगढी अदालतमा पेश गर्नेको साथै पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoultrabetjojobetgrandpashabetpusulabetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetsezarcasinojojobet güncel giriştipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibombetgitromabetradissonbetcratosroyalbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetcasibomholiganbetgrandpashabetholiganbetjojobetmarsbahis güncel girişvevobahismatbetgrandpashabetjojobet girişholiganbetholiganbetgrandpashabetmarsbahisjojobetgrandpashabetcasibomgrandpashabetGrandpashabetmatbetimajbetpusulabetvdcasinovdcasino girişbetciocasibom güncel giriştambetbettiltibizabetjojobet güncel girişcasinomilyonholiganbet güncel girişmercurecasinobetbeybetbey giriş Built with ❤︎ by appycodes