पुष्प मेलाको आयोजनाबारे नागरी फार्ममा सभा

सुकेपोखरी : सुनभागा पुष्प उत्पादक संस्था नागरी धजे समष्टिको एउटा महत्वपूर्ण सभा स्थानीय यङ्कर्स एक्डेमी स्कुल नागरी फार्ममा आज सम्पन्न भयो। उक्त सभामा नागरी फार्म, मगरजोङ, एभनग्रोभ, धजे चियाबारी तथा धजे बस्तीका फुल उत्पादक युवाहरूलाई लिएर संस्थाले आगामी वर्ष फरवरी महिनामा आयोजना गर्ने पुष्प मेलाको योजनाबारे चर्चा परिचर्चा गरियो। अवकाश राईको अध्यक्षतामा सम्पन्न सभाले राङभाङ बालसन क्षेत्र अन्तर्गत पर्ने नागरी धजे समष्टिको फुल उत्पादनको पुरानो गरिमा फर्काइ ल्याउने विषयमा विशेष जोड़ दिँदै आएको बताइएको छ। आगामी फरवरीमा फुल मेला आयोजना गर्नु संस्थाको पहिलो पहल रहेको अवकाश राईले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *