पुस्तक मेलाको समापन कार्यक्रममा पुस्तकालय अधिकारी अनि कर्मचारीहरू सम्मानित

दार्जिलिङ: मुख्यमन्त्री ममता ब्यानर्जीको अनुप्रेरणामा राज्य सरकार अनि जटीए-को जनशिक्षा प्रचार एवम् पुस्तकालय विभागको संयुक्त आयोजनामा यहाँको रङ्गमञ्च भवन परिसरमा चार दिवसीय पुस्तक मेलाको समापन विधिवत रूपमा गरियो। यसको साथै यस कार्यक्रमबीच राइटर्स फोरमको पक्षमा संकल्प प्रोडक्शन अनि जिल्ला पुस्तकालय विभागका कर्मचारी उमेश सिंहको पक्षमा जिल्ला पुस्तकालय अधिकारी अमृत सुब्बा साथै कर्मचारीहरूलाई रजत जयन्तीको विशेष अवसरमा सम्मानित गरियो। यसैगरी, महारानी कन्या विद्यालयबाट एउटा कृतिको विमोचन गरियो। उक्त समारोह प्राध्यापक कवीन्द्रकुमार तामाङको अध्यक्षतामा भूतपूर्व पुस्तकालय अधिकारी हरेन आले, पुस्तकालय अधिकारी अमृत सुब्बा, एक्ज्युकेटिभ डाइरेक्टर जीटीए तपस कुमार बाक्सीको उपस्थितिमा सम्पन्न गरियो।


चार दिवसीय कार्यक्रममा कोलकाता, साहित्य अकादेमी, पाइका पब्लिकेशन, राइटर्स फोरमको पक्षमा संकल्प प्रोडक्शन, त्रिदेश पब्लिकेशन, सेल्फ हेल्प ग्रुप, अमृत क्लस्टर, सूचना एवं सांस्कृतिक विभाग जीटीए, साझा (मधुसुदन विष्ट), गामा(कृष्ण छेत्री), सांगरिला (मनोज बोगटी/ लेखनाथ छेत्री), सम्बोधन(सुरज रोसुरी)लगायत कालेबुङ, सिलगढी, कोलकाता आदि प्रकाशक अनि पुस्तक विक्रेताहरूले भाग लिएका थिए। यसको साथै स्वास्थ्य सम्बन्धित स्टल एएनएम-बाट सरस्वती शर्मा, सन्ध्या लामा, निलम बीके, सुष्मा सेवा राई, कानुनी विषयक स्टलबाट पूर्णकला मंगर आदिको उपस्थिति रहेको थियो। 25 औं पुस्तक मेलाको दोस्रो अनि तेस्रो दिनमा लिम्बु बोर्ड अनि शेर्पा बोर्डका कलाकारहरूले विभिन्न सांस्कृतिक नृत्यहरू प्रस्तुत गरे। यसको साथै अन्तिम दिनमा मनोज बोगटीले सञ्चालन गरेको कार्यक्रममा युवा कविहरू श्रवण कुमार प्रधान, अमर कृति राई, निवेदिता खालिङ, राज साम्बाङ, छिरीङ लेप्चा साथै अन्य कविहरूले कविता प्रस्तुत गरे। चार दिवसीय कार्यक्रममा गायक-गायिकाहरू क्रमैले सुरेश गुरूङ, सुनिता गहतराज, चेग्ंया शेर्पा, दिनेश राई, सकिला गहतराज साथै अन्यले गीतहरू प्रस्तुत गरिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *