पुटुङ चियाबारीमा शहीद दिवस पालन

मिरिक : मिरिक महकुमाको पुटुङ चियाबारीमा गोर्खाल्याण्ड आन्दोलनका बीर शहीद पुटुङ निवासी ईन्द्र प्रधानको स्मरणमा शहीद दिवस पालन गरियो। २४/१५९ बुथ समिति गोजमुमो पुटुङका महासचिव केपी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका सञ्चालक रोहित तामाङ थिए भने शहीदको तस्वीरमा माल्यार्पण गरि श्रद्धाञ्जलि अर्पण गरियो। शहीद ईन्द्र प्रधानका भाई चन्द्र प्रधानलाई सल, सम्मान पत्र र मुमेन्टो दिएर सम्मान जनाइयो। कार्यक्रममा मोर्चा नेताहरू किरण राई, बाबुराम प्रधान, बिशाल राई आदिको उपस्थिति रहेको थियो भने केपी शर्मा र बिशाल राईले शहीद दिवस बारेमा वक्तव्य राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *