पुटुङ विद्यालयमा एघारौं श्रेणीको लागि भर्ना शुरू

मिरिक: मिरिक महकुमाको पुटुङ माध्यमिक विद्यालयमा शैक्षिक सत्र 2021-को एघारौं श्रेणीको भर्ना खुलेको जानकारी शिक्षक प्रभारी महेन्द्र मोक्तानले दिएका छन्। तिनले दिएको जानकारी अनुसार विद्यार्थीहरुले कला विभागमा आवेदन गर्न सक्ने छन्। आवेदन फारम 22 जूनदेखि 2 जुलाई सम्म वितरण गरिने अनि त्यसपछि भर्ना शुरू गरिनेछ। आवेदनको फारम कोभिड नियमलाई पालन गर्दै विद्यालयको कार्यालयमा वितरण गरिने छ। फारम लिनुको निम्ति अभिभावकहरुलाई उपस्थित भइदिने तिनले आह्वान गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *