पीडब्ल्युडी-द्वारा सिलगढीको एक नम्बर महानन्दा ब्रिजको परीक्षण शुरू, ट्राफिक जामको समस्या

सिलगढी पीडब्ल्युडीको तर्फबाट आज एक नम्बर महानन्दा ब्रिजको जाँच शुरू गरेकोले गर्दा उक्त ब्रिज बन्द राखिएको छ। ब्रिज बन्द राखेकोले गर्दा ट्राफिक जामको समस्या उत्पन्न भएको छ। प्राप्त जानकारी अनुसा सन् 1967-मा एक नम्बर महानन्दा ब्रिजको निर्माण गरिएको हो। यसैले उक्त ब्रिजको वर्तमान स्थिति तथा यो ब्रिज कतिको मजबुत छ भन्ने विषयमा जान्नको लागि पीडब्ल्युडीद्वारा आज एक नम्बर महानन्दा ब्रिजको जाँच शुरू गरेको छ। परीक्षण अवधि पीडब्ल्युडीले पिलर तथा ब्रिजबाट कंक्रीटको केही अंश ल्याबमा लगेर टेस्ट गरेपछि एउटा रिपोर्ट तयार गर्नेछ।


स्मरण रहोस्, गत अक्टोबर महीनामा 2 दिन लगातार परेको अधिक वर्षाले गर्दा मतिगढाको बालासन ब्रिजको तीन नम्बर पिलर क्षतिग्रस्त भएकोले प्रशासनिक अधिकारीहरूलाई अदेखा गरेको भन्दै प्रश्न चिन्ह खडा गरेको छ। यसैले गर्दा पीडब्ल्युडीले महानन्दा ब्रिजको परीक्षण शुरू गरेर त्यहाँ केही त्रुटिहरू भेट्टाएको खण्डमा तत्कालै मरमति गर्न सकोस्। यस विषयमा ट्राफिक डीसी अभिषेक गुप्ताले बताएअनुसार आज पीडब्ल्युडीको तर्फबाट ब्रिजको निरीक्षण एवम् परीक्षणको लागि समय मागेर तिनीहरूले आफ्नो जाँच शुरू गरेको छ। केही समयपछि तिनीहरूको परीक्षण समाप्त भएपछि पुनः महानन्दा ब्रिज भएर आवाजाही शुरू हुनेछ। हाल एकै रूट भएर वाहनहरूको आवाजाही चलिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *