पीडब्ल्यूडी-मा नोकरी लगाइदिने प्रलोभन देखाएर युवा-युवतीहरूको लाखौं रूपियाँ ठग्ने एकजना आरोपी पक्राउ

सिलगढी (निसं): बेरोजगार युवक-युवतीहरूलाई पीडब्ल्यूडी विभागमा नोकरी लगाइदिने प्रलोभन देखाएर ठगेको आरोपमा जामील अख्तर नाम गरेका एकजना व्याक्तिलाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार जामील ग्रामीण इलाकामा पढ़ेका बेरोजगार युवा-युवतीहरूसित परिचय साटेपछि तिनीहरूलाई सरकारी नोकरीको सपना देखाएर लाखौ रूपियाँ लिएपछि निखोज हुन्थे। जामीलले सरकारी नोकरीमा लगाइदिने प्रलोभन देखाएर सिलगढीका लगभग 9 जना बेरोजगार युवा-युवतीहरूबाट 27 लाख रूपियाँ ठगेको आरोप रहेको छ। यसैक्रममा, जामील अख्तर हिज मंगलवार फाँसीदेवा इलाकामा पनि बेरोजगारहरूलाई ठग्न पुगेका थिए। तर यसभन्दा अगावै  पीड़ित युवा-युवतीहरूले तिनलाई पक्रिए अनि फाँसीदेवा थाना पुलिसको हातमा सुम्पिदिए। आज फाँसीदेवा पुलिसले आरोपीलाई सिलगढी अदालतमा पेश गरेपछि अदालतले आरोपी जामील अख्तरलाई 14 दिनको पुलिस रिमान्डमा राख्ने निर्देश दिएको छ।


 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *