क्वारेनटाइन अवधि सकेपछि दुईजना फर्किए घर

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिविटार चियाबारीका दुईजनालाई आज 14 दिनको क्वारेनटाइनको समयावधि समाप्त गरेपछि घर लगिएको छ । गत 31 मईको दिन चेन्नईबाट दुवै हवाई यात्रा गरेर घर आएपछि तिनीहरूको स्वाब टेस्ट गत 8 जूनको दिन खरसाङ महकुमा अस्पतालमा गरिएको थियो भने दुवैको रिपोर्ट नोगेटिभ आएको सूचना खरसाङ महकुमा अस्पतालबाट फोननार्फत दुवैले जानकारी पाएको बताइएको छ ।


दुवैले आज 14 दिनको समयावधि समाप्त गरेकोले सिविटारको नवदीप क्लबको पदाधिकारीहरू र सिविटार बुथ नम्बर 258-को सर्भिलेन्स कमिटीका पदाधिकारीहरू साथै आशाकर्मीहरू उपस्थित भएर दुवैलाई सिविटार तितिरी गाउँ र 12 नम्बर गाउँको सेल्टर होमबाट निकालेर घरमा लगिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *