क्वारेन्टाइनमा बस्नेहरूको स्वास्थ्य जाँच गर्न नआएको गुनासो

पोख्रेबुङ : नव स्वस्तिका परिवार समरीपानीको एउटा सभा दिवकुमार सुब्बाको अध्यक्षतामा सम्पन्न भयो। आशाकर्मी, आईसीडीएस, सर्भिलेन्स कमिटी तथा  ग्रामवासीलाई लिएर स्थानीय सार्वजनिक भवनमा सम्पन्न भएको सभालाई सम्बोधन गर्दै वक्ताहरूले बाहिरबाट आएर क्वारेन्टाइनमा बसेका मानिसहरूको स्वास्थ्य जाँच गर्न स्वास्थ्य विभागबाट कोही नआएको तथा सर्भिलेन्स कमिटीले पनि खासै पहल नगरेको विषयमा चर्चा परिचर्चा गरियो। उपस्थित विभागीय प्रतिनिधिलाई यसबारे उचित पहल गरिदिने सबैले अपील गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *