क्वारेन्टाइनमा राख्नुपर्ने माग गर्दै गाउँलेहरूद्वारा विरोध प्रदर्शनी

राजगञ्ज : सिलगढीको शक्तिगढ इलाका निवासी एउटी महिला र तिनको पुत्र सन्तान कोरोना संक्रमित भएको छ। अर्कोतिर, उक्त महिलाको लोग्ने फुलबारी ब्यारेज इलाकास्थित नीजि भवनमा आएर उक्त भवनको केयर टेकरका परिवारका सदस्यहरूसँग भेटघाट गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसको साथै उक्त व्यक्तिको सम्पर्कमा आएका मानिसहरू इलाकामा घुमफिर गरिरहेको स्थानीयहरूको भनाइ रहेको छ। यसैले तिनीहरू सबैलाई अन्यत्र क्वारेन्टाइनमा राख्नुपर्ने माग गर्दै स्थानीय मानिसहरूले आज फुलबारीस्थित उक्त भवन अघि विरोध प्रदर्शनी गरे। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *