रबी लिम्बुको निधनमा गोरामुमो पुल बिजनबारी समष्टिद्वारा शोक समवेदना

बिजनबारी: गोरामुमो पुल बिजनबारी समष्टिले शोक समवेदना कार्यक्रमको आयोजना गरेर पार्टीका कर्मठ सदस्य नयाँ नोर ग्राम निवासी रबी लिम्बुको निधनमा गहिरो शोक प्रकट गर्यो। यसको साथै समष्टि सभापति मोहनसिंह सुब्बाको नेतृत्वमा एउटा टोली मृतक सुब्बाको घरमा पुगेर परिवारका सदस्यहरूसित भेट गरेर पार्टी अध्यक्ष मन घिसिङद्वारा प्रेषित समवेदना पत्र प्रदान गर्यो। उक्त टोलीमा उपसभापति गायेस सुब्बा, महासचिव सुरेन गुरुङ लगायत नारी तथा युवा मोर्चाका प्रतिनिधिहरूको उपस्थिति रहेको समष्टि प्रचार-प्रसार सचीव अमद लकान्द्रीले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *