रविन्द्रनाथ स्कूलका विद्यार्थीहरूलाई पानीबारे व्यवहारिक जानकारी

मिरिक (निसं): मिरिकको सौरेनी बजारमा अवस्थित रविन्द्रनाथ उच्च माध्यमिक विद्यालयमा नवौ र दशौ श्रेणीका विद्यार्थीहरूलाई आज पानीको मुहानहरूमा लगेर पानीको गुणस्तरीयता,जल संरक्षण आदिबारे व्यवहारिक रूपमा जानकारी गराए। विद्यालयको सह शिक्षकहरू विवेक प्रधान र मुकेश शर्माले विद्यार्थीहरूलाई स्थानीय हिट्टीधारा, टपधारा, बाँसधारा, ट्याङ्की धारामा लगेर पानीको महत्व साथै पिउने पानीको गुणस्तरीयता जाँच गर्ने कार्य पद्धति बारे जानकारी गराए।


अर्कोतिर,पानीको महत्व र मानव जीवनमा पानीको भूमिकाबारे ब्यावहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले नवौं र दशौं श्रेणीका विद्यार्थीहरूलाई उक्त पहल गरेको सह-शिक्षक विवेक प्रधानले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *