रवीन्द्रनाथ टेगोरको 79 औं पुण्यतिथिमा श्रद्धाञ्जलि अर्पण

सिलगढी: सिलगढी नगर निगमको तर्फबाट आज विश्वकवि रवीन्द्रनाथ टेगोरको  79औ पुण्यतिथिको अवसरमा भावभीनी श्रद्धाञ्जली अर्पण गरेर तिनको स्मरण गरियो। यस अवसरमा सिलगढीको बाघाजतीन पार्कमा स्थित रवीन्द्रनाथ टेगोरको   मूर्तिमा नगर निगमका अधिकारीहरूले माल्यापर्ण गरे। यस अवधि सिलगढीका विधायक तथा सिलगढी नगर निगम प्रशासनिक मण्डलका चेयरम्यान अशोक भट्टाचार्य लगायत को-अर्डिनेटर जय चक्रवर्ती, पश्चिम बंगाल गणानत्य संगठन, पश्चिम बंगाल विज्ञान मञ्च आदिका सदस्यहरू उपस्थित थिए। माल्यार्पण कार्यक्रमपछि वृक्षारोपण पनि गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *