रचना राई ‘अनाकार’ कृत अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह फ्र्यागमेन्टस-को लोकार्पण

खरसाङ : खरसाङकी नारी स्रष्टा रचना राई अनाकारकृत अङ्ग्रेजी भाषाको कविता सङ्ग्रह फ्र्यागमेन्टस-को आज विधिवत् रूपमा लोकार्पण गरियो। यहाँको ब्लूमफिल्ड महकुमा पुस्तकालयमा जय प्रकाश लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुख्य अतिथि पण्डित तुलसी प्रसाद अधिकारी तथा प्रमुख अतिथिहरू सुदर्शन अम्बटे, पूर्ण गुरूङ निरुपम, प्रकाश प्रधान, सन्तोषराज छेत्री,ऋषी राई अनि कृतिकार रचना अनाकारको बाहुलीबाट पुस्तकको लोकार्पण गरियो। समारोहमा उपस्थित कविहरूद्वारा कविता, कथा, मुक्तक, गजल आदि वाचन गरे। कवि दिल थापाद्वारा सञ्चालित कार्यक्रममा स्वागत वक्तव्य विनय लामा, सचिव ब्लूमफील्ड महकुमा पुस्तकालयले राखे भने कवि रचना अनाकारको परिचय देवराज मुखियाले प्रस्तुत गरे। पुस्तकको भूमिका सन्तोषराज छेत्रीले प्रस्तुत गरे भने आफ्नो मन्तव्य रचना अनाकारद्वारा राखियो तथा प्रकाशकको मन्तव्य ऋषी राईले राखे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *