रड बोकेको वाहन चोरी मामिलामा 3 जना पक्राउ

सिलगढी : सिलगढीबाट मेघालयतर्फ गइरहेको रड बोकेको एउटा वाहन चालक सहित निखोज भएपछि एनजेपी थानामा अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा पुलिसले 3 जनालाई पक्राउ गरेको छ। घटनाक्रम अनुसार गत 4 जूनमा रड बोकेको एउटा क्यान्टर सिलीगढीबाट मेघालयतर्फ जाँदा बीच बाटोमा नै निखोज भएको थियो। यसपछि गत 14 जूनमा उक्त रड पठाउने व्यक्तिले घटनाबारे थानामा एउटा अभियोग दर्ता गरेपछि अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले गत 24 जूनमा असमबाट उक्त क्यान्टर उद्धार गरेको छ। तथापि, उक्त क्यान्टरमा रड नरहेको बताइएको छ। घटनामा क्यान्टर चालकलाई पक्राउ गरेर सोधखोज गर्दा अन्य दुईजना पनि उक्त घटनामा सामेल रहेको थाहा पाए। यसपछि पुलिसले गत 18 जुलाईमा असम-मेघालय सिमाना जलुकबारीबाट उक्त 2 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूलाई आज जलपाईगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *