रेडियो सलेसियन 90.8 एफ एम-मार्फत् लेप्चा भाषामा साप्ताहिक कार्यक्रम प्रसारण हुने

खरसाङ : पहाडको एक मात्र सामुदायिक रेडियो सलेसियन 90.8 एफ एमले एक घण्टा अवधिको लेप्चा भाषामा रहेको साप्ताहिक कार्यक्रम प्रसारण गर्ने भएको छ। उक्त कार्यक्रम कालेबुङ जिल्लाबाट आएर हालैमा महिनाव्यापी रेडियो प्रशिक्षण समाप्त गरेका तीन लेप्चा रेडियो जर्नलिस्टहरूले तयार पार्ने भएका छन्। कार्यक्रमको औपचारिक प्रक्षेपण पश्चिम बंगाल मयल ल्याङ्ग लेप्चा विकास बोर्डका चेयरम्यान रेन ल्याङ्गसोङ्ग ताम्साङ्ग र बोर्डका अन्य सदस्यहरूको विशेष उपस्तिथिमा आउँदो सोमबार बिहान १० बजीदेखि रेडियो सलेसियनमार्फत् प्रसारण गरिने भएको छ।


लेप्चा भाषामा प्रसारण गरिने उक्त कार्यक्रमको नाम “मायल्मु सुत्सोमोल” (लेप्चा जातिलाई सन्देश) रहेको छ जसमा लेप्चा भाषा, साहित्य, संस्कृति, लोक कथा एवम् लोक परम्पराबारे चर्चा  गरिने छ। लेप्चा समुदायका लेप्चा कलाकार एवम् प्रतिभाहरूको अन्तर्वार्ता साथै जीवनी पनि प्रसारण गरिने छ। पश्चिम बंगाल मयल ल्याङ्ग लेप्चा विकास बोर्डद्वारा प्रशिक्षणको निम्ति छनौट गरिएका तीनजना रेडियो जर्नलिस्टहरूको नाम क्रमैले सुक छिरिङ लेप्चा, जिलबर्ट लेप्चा र लिसा लेप्चा सामेल छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *