रेडियो सलेसियन युवा सम्मान 2021-पुरस्कार बिनिता छेत्रीलाई प्रदान गरिने

खरसाङ : रेडियो सलेशियन युवा सम्मान पुरस्कार यसपाली युवा स्रष्टा बिनिता छेत्रीलाई प्रदान गरिने भएको छ। सन् 2019 देखि रेडियो सलेशियन 90.8 मेगाहजले शुरु गरेको युवा सम्मान 35 वर्ष मुनिका युवाहरूलाई प्रदान गर्ने गरिन्छ। यसै अन्तर्गत यसपालीको युवा सम्मान दार्जीलिङका युवा कवि एवम् कथाकार बिनिता छेत्रीलाई प्रदान गरिने भएको छ। साहित्य, सङ्गीत, सञ्चार अनि अन्य विधामा विशेष योगदान पुऱ्याउने युवाहरुलाई थप उत्साह अनि प्रोत्साहन होस् भन्ने उद्देश्य लिएर रेडियो सलेसियनले 2019 सालमा “रेडियो सलेसियन युवा सम्मान” पुरस्कार शुरू गरेको थियो । 2019 सालमा युवा पत्रकार तथा साहित्यकार हनोक थापा रेडियो सलेसियन युवा पुरस्कारले सम्मानित बनेका थिए । कोविड 19 को कारणले गर्दा 2020 सालमा यो स्थगित राखिएको थियो भने यस पल्ट रेडियो सलेसियन युवा सम्मान – 2021 युवा साहित्यकार बिनिता छेत्रीलाई प्रदान गरिने भएको छ । 8 अगस्ट 1987 मा सुके पोखरीमा जन्मिएकी बिनिता छेत्रीको हालसम्म “मनको साइनो” कविता संग्रह (2016) र “हिमफेदीका कथाहरु” कथा संग्रह (2019) प्रकाशित भइसकेका छन्। तिनको सम्प्रेसन, सम्झना, ऐना अनि अन्य सञ्जालहरूतिर कथा, कविताहरू पनि प्रकाशित भइसकेको छ। उक्त सम्मान छेत्रीलाई आगामी 13 फरवरी विश्व रेडियो दिवसको अवसरमा एउटा कार्यक्रमबीच प्रदान गरिने रेडियो सलेशियनका कार्यक्रम निर्देशक आरजे समीर छेत्रीले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *