रगतको संकटसित जुझिरहेकी महिलालाई भाजपा नेताद्वारा सहयोग

खोरीबारी : खोरीबारी ब्लक अन्तर्गत पश्चिम पाटाराम जोत निवासी अञ्जलि बर्मन उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा छिन् भने हाल तिनलाई रगतको आवश्यकता रहेको छ। यसबारे जानकारी पाएपछि आज रानीगञ्ज बिन्नाबारी मण्डल भाजपा किसान मोर्चा अध्यक्ष सञ्जय कुमार मण्डल तथा महिला मोर्चा मण्डल अध्यक्ष सुलाता सरकार रक्तदान गर्नको लागि अस्पतालमा पुगे। यस सम्बन्धमा किसान मोर्चा मण्डल अध्यक्ष सञ्जय कुमार मण्डलले गत तीन-चार दिनदेखि अञ्जलि बर्मन उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा उपचाराधीन अवस्थामा छिन्। हाल तिनलाई रगतको आवश्यकता रहेकोले गर्दा आज आफू मेडिकल कलेजमा गएर रक्तदान गर्नको साथै रोगीका परिवारका सदस्यहरूलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिएको बताए। यसको साथै संकटको समयमा भाजपा कार्यकर्ताहरू जनताको साथमा रहेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *