राहुल-सोनियालाई उत्पीडन गरेको प्रतिवादमा कङ्ग्रेस-द्वारा सिलगढीमा विक्षोभ र्‍याली, मोदीको पुतला दहन

सिलगढी : राहुल गाँधी र सोनिया गाँधीलाई उत्पीडन गरेको आरोप लगाउँदै यसको प्रतिवादमा दार्जिलिङ जिल्ला कङ्ग्रेसद्वारा सिलगढीमा आज एउटा विक्षोभ र्‍याली निकालिइयो। दार्जिलिङ जिल्ला कङ्ग्रेसका सभापति शङ्कर मालाकारको नेतृत्वमा आज दिउँसो कङ्ग्रेसको पार्टी कार्यालय अघिबाट एउटा विक्षोभ र्‍याली निकालेर सहरको विभिन्न पथको परिक्रमा गर्यो। यसपछि तिनीहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेर विक्षोभ प्रदर्शन गरे। यस अवसरमा शङ्कर मालाकारले भने, केन्द्रको सत्तारूढ मोदी सरकारले कङ्ग्रेसका नेतृत्वहरूको छवि खराब गरिरहेको छ। केन्द्र सरकारको पतन नभएसम्म आफूहरूको आन्दोलन जारी रहने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *