राहुल गाँधीको सांसद पद खारेज गरेको प्रतिवादमा जिल्ला कङ्ग्रेस-द्वारा कुचबिहारमा संकल्प सत्याग्रह कार्यक्रम

कुचबिहार : कङ्ग्रेस नेता राहुल गाँधीको सांसद पद खारेज गरेको प्रतिवादमा देशभरिमै कङ्ग्रेसद्वारा आन्दोलन गरिरहेको छ। देशभरिमा झैँ यता कुचबिहारमा पनि कुचबिहार जिल्ला कङ्ग्रेसको तर्फबाट आज संकल्प सत्याग्रह कार्यक्रम गरियो। आज कुचबिहार सहरको सागरदिघी तटमा रहेको गाँधीजीको सालिग अघि जिल्ला कङ्ग्रेसको तर्फबाट संकल्प सत्याग्रह कार्यक्रम अन्तर्गत धरना प्रदर्शन गरियो। उक्त धरना प्रदर्शनमा कुचबिहार जिल्ला कङ्ग्रेसका नेतृत्वहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *