राहुल रोयको ह्याट्रिकले युनाइटेड एफसी दार्जिलिङ पराजित, रोयल एफसी सिलगढ़ी अघिल्लो चरणमा

खरसाङ : खरसाङ गोर्खा पार्वत्य खेलकूद संघको आयोजनामा सम्पन्न भइरहेको 9 औं शहीद गोल्डकप फुटबल टुर्नामेन्ट अन्तर्गत आज खेलिएको म्याचमा जण्डा स्कोरर राहुल रोयको ह्याट्रिक गोलले युनाइटेड एफसी दार्जिलिङलाई पराजित गरेर रोयल एफसी सिलगढ़ी अघिल्लो चरणमा प्रवेश गरेको छ। आज युनाइटेड एफसी दार्जीलिङ बनाम रोयल एफसी सिलगढ़ी माझको खेलमा रोयल एफसी, सिलगढ़ीका जर्सी नम्बर 25 राहुल रोयले रोमाञ्चक खेलको प्रदर्शन गर्दै ह्याट्रिक गरेपछि आफ्नो दललाई दोस्रो चरणमा पुर्या एको छ। दलको पक्षमा राहुल रोयले खेल शुरू भएको पहिलो हाफको 32 औँ मिनटमा प्रथम गोल गरे भने दोस्रो हाफको चार मिनट र दश मिनटमा लगातार दुई गोल गरे।


यता, युनाईटेड एफसी दार्जिलिङको पक्षमा जर्सी नम्बर 7 रोनिक राईले दोस्रो हाफको पन्ध्र मिनटमा आफ्नो दलको पक्षमा पहिलो गोल गरे। आजको म्याचमा लगातार तीन गोल गर्ने रोयल एफसीका खेलाड़ी राहुल रोयलाई म्यान अफ द म्याच घोषित गरियो भने तिनलाई संघको पक्षबाट सभापति मोहन योञ्जनको बाहुलीबाट ट्रफी प्रदान गरियो। त्यसरी नै आज पराजित दल युनाइटेड एफसी दार्जिलिङलाई संघको पक्षबाट स्मृति चिन्ह प्रदान गरियो। आज विजयी दलले अब आगामी 14 अप्रेलको दिन युनाइटेड ब्रदर्स कालेबुङसँग पहिलो सेमिफाइनलमा भिड्नेछ। प्रतियोगिताको भोलि मंगलवार दार्जिलिङ जिल्ला पुलिस बनाम कञ्चनजंघा एफसी, सिलगढीमाझ सम्पन्न हुनेछ। प्रतियोगिताको अन्तिम फाइनल खेल आगामी 17 अप्रेल 2022 को दिन हुने आयोजक समितिले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *