रायडक नदीको जलस्तर बढेपछि कुचबिहारको तूफानगञ्ज जलमग्न, बाढको खतरा

कुचबिहार (निसं) : पहाड र समतल इलाकाहरूमा अधिक वर्षाले गर्दा तूफानगञ्ज जलमग्न बन्न पुगेपछि जनजीवन अस्त-व्यस्त बनेको छ। लगातार परेको पानीले गर्दा कुचबिहारको नदीहरूमा जलस्तर निक्कै बढेको छ। रातभरि परेको पानीले गर्दा रायडक नदीको जलस्तर बढेपछि नदी तटमा बसोबास गर्दै आइरहेका मानिसहरूलाई बाढको डरले सताइरहेका छन्। प्राप्त जानकारी अनुसार कुचबिहार जिल्लाको तूफानगञ्ज 1 नम्बर ब्लक अन्तर्गत नाककागछ ग्राम पञ्चायतको कामत फुलबारी 205 नम्बर बुथ इलाकाका मानिसहरू घरमा पानी पसेपछि उच्च स्थान तथा स्थानीय स्कुलहरूमा आश्रय लिन बाध्य छन्। स्थानीय मानिसहरूले बताएअनुसार प्रत्येक वर्ष कम्ती पानी पर्दा पनि इलाका जलमग्न हुने गर्दछ। इलाकाका मानिसहरूले स्कुल तथा भवनमा आश्रय लिन पर्दछ। ग्राम पञ्चायत प्रधानलाई बारम्बार अवगत गराए तापनि कुनै पहल गरेन। यस सम्बन्धमा 205 नम्बर बुथबाट हालैमा जितेका तृणमूलको पञ्चायत सदस्य लीना सेन सरकारले बताएअनुसार हालसम्म पार्टीको बोर्ड गठन गरिएको छैन। बोर्ड गठन गरेपछि सडक तथा नदीमा बाँधको लागि आवेदन गर्नेछु। अर्कोतिर, भाजपाको आरोपअनुसार तृणमूल कङ्ग्रेस विधायक तथा सांसदले सटीक काममा रुपियाँको प्रयोग गरेको छैन। तृणमूल कङ्ग्रेस भ्रष्टाचारको सागरमा डुबेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *