रायगञ्जको जनसभामा भाजपाको खोइरो खनिन् ममता ब्यानर्जीले

रायगञ्ज : उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज स्टेडियम मैदानमा आज उत्तर र दक्षिण दिनाजपुर जिल्ला तृणमूल कङ्ग्रेसले संयुक्त रूपमा विराट जनसभाको आयोजना गर्यो। उक्त जनसभालाई सम्बोधन गर्दै तृणमू नेत्री तथा मुख्यमन्त्री ममता ब्यानर्जीले भनिन्, म नेता होइन, कर्मी हो। म साधारण मानिसहरूको लागि मुख्यमन्त्रीको पदमा आसिन छु। मलाई पनि बहुमूल्य गर-गहना लगाउने, आलिसान भवनमा बस्ने इच्छा हुन्छ तर म साधारण मानिसहरूको लागि यो सब गर्दिन।  तिनले तृणमूल पार्टी छोडेर अन्य दलमा सामेल हुनेहरूलाई कटाक्ष कस्दै दलका केही नेताहरूले सबै सुख-सुविधा भोग गरेपछि दल छोडेर गएपछि आफैलाई बाघ ठान्ने गर्दैछन् भनी बताइन्। यसको साथै तिनले केन्द्रको भाजपा सरकारको पनि खोइरो खन्दै भाजपालाई रुपियाँको अहङ्कार छ तर रुपियाँले चरित्र गठन हुँदैन भनी बताइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *