रायगञ्जमा ब्राउन सुगरसहित 4 जना पक्राउ

रायगञ्ज : उत्तर दिनाजपुर जिल्लाको रायगञ्ज थाना पुलिसले ब्राउन सुगरसहित 4 जना व्यक्तिलाई पक्राउ गरेको छ। पक्रा परेकाहरू रायगञ्ज निवासी देवव्रत रोय, अरिजीत सरकार, सत्यजीत महन्तो र रवी काहार सामेल छन्। प्राप्त जानकारीअनुसार गत राति पुलिसले मधुपुर इलाकामा अभियान चलाएर 125 ग्राम ब्राउन सहित नगद 15 हजार रुपियाँ पनि तिनीहरूबाट उद्धार गरेको छ। पक्रा परेकाहरूलाई आज रायगञ्ज जिल्ला अदालतमा पेश गरियो। पुलिस सूत्र अनुसार पक्रा पर्नेहरूसित छानबीनको अवधि थाहा लागेअनुसार मधुपुर इलाकामा ड्रग्सको ओसार-पोसार गर्ने अन्य धेरै व्यक्तिहरू बारेमा पनि जानकारी पाइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *