रायगञ्जमा छात्र युवा उत्सव शुरू

रायगञ्ज : रायगञ्जको विधान मञ्चमा नगरपालिका स्तरको छात्र युवा उत्सव शुरू भयो। उक्त उत्सवको रायगञ्ज नगरपालिका चेयरम्यान सन्दीप विश्वासले विधिवत् रूपमा उद्घाटन गरे। उद्घाटन समारोहमा रायगञ्ज नगरपालिकाका भाइस चेयरम्यान तथा छात्र युवा उत्सवका सभापति अरिन्दम सरकार, विशिष्ट शिक्षाविद् स्वपन पाइन, शिक्षाविद् नीलमाधव नन्दी, रायगञ्ज पञ्चायत समितिका सह सभापति मानष घोष, अर्नव मण्डललगायत अन्य उपस्थित थिए। उक्त छात्र उत्सवमा विभिन्न विभागका लगभग तीन सय प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए। रायगञ्ज नगरपालिका स्तरको छात्र युवा उत्सवमा विजयी प्रतियोगीहरूले आगामी जिल्ला छात्र युवा उत्सवमा अंश ग्रहण गर्न पाउनेछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *