रेलगेटमा ट्रकको धक्का, केही घण्टासम्म रेल परिसेवा बन्द

सिलगढी : सिलगढी ईस्टर्न बाइपास संलग्न ठाकुरनगर रेलगेटमा ट्रकको धक्का लागेर विद्युत परिसेवा ठप्प बनेपछि केही घण्टाको लागि रेल परिसेवा बन्द रहेको थियो। प्राप्त जानकारी अनुसार आज बिहान 8 बजी एउटा ट्रकले रेलगेटमा धक्का दिँदा रेलगेटको बिजुलीको तार चुट्टिएपछि बिजुली परिसेवा ठप्प बन्न पुग्यो। यसले गर्दा रेल परिसेवा केही घण्टाको लागि बन्द गरिएको थियो। यसको साथै कुनै प्रकारको दुर्घटना नहोस् भन्ने उद्देश्य लिएर वाहनहरूको चलाचल पनि बन्द गरिदिएको थियो। यसपछि रेल विभागको प्रयासमा लगभग 4 घण्टापछि रेल तथा सडक परिसेवा सुचारू गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *