रेलवे अधिकारीद्वारा सिलगढी टाउन स्टेशनको निरीक्षण

सिलगढी: सिलगढी टाउन स्टेशन सहरको सबैभन्दा पुरानो स्टेशनहरूमध्ये एक हो। समयको परिवर्तनसँगै हाल उक्त स्टेशनको हालत खुबै दयनीय बन्न पुगेको छ। आज रेलवे अधिकारीहरूले सिलगढी टाउन स्टेशनको निरीक्षण गरे। कटिहार डिभिजनका डीआरएम सुभेन्दु कुमार चौधरीले आज उक्त सिलगढी टाउन स्टेशनको निरीक्षण गरे। यस अवधि तिनले पुरानो प्लेटफार्म अनि नयाँ प्लेटफार्मको पनि निरीक्षण गरे। तिनले भने, स्टेशन परिसरमा वाणिज्यकरण गर्ने योजना रहेको छ तर जबर्जस्ती दखल गरेको मामिला देखिँदैछ।


स्मरण रहोस, हालै विश्व पर्यटन दिवसको अवसरमा एसोसिएसन फर कन्जर्वेसन एन्ड टुरिज्मले सहरको यस रेलवे स्टेशनको पहल गर्नको साथै पुरानो स्टेशनमा फोटो प्रदर्शनी साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरेको थियो।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *