रेलवे विभागले यात्रीहरूबाट वसूले 68 लाख रुपियाँ

सिलगढी : कटिहार डिभीजन अन्तर्गत सबै रेल स्टेशनहरूमा गत एक दिसम्बरदेखि 31 दिसम्बरसम्म चलाइएको टिकट जाँच अभियानमा साढ़े 13 हजारभन्दा अधिक टिकटबिनै यात्रा गरिरहेका यात्रुहरूलाई जरिमाना लगाइयो। रेलवे विभागले यी यात्रीहरूबाट 68 लाख रुपियाँभन्दा अधिक जरिमाना लिएको बताइएको छ। एनएफ रेलवेको कटिहार डिभीजन अन्तर्गत पर्ने एनजेपी भएर विभिन्न ठाउँहरूमा चल्ने ट्रेनहरूमा ग्रुप बनाएर टिकट जाँच अभियान चलाइरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *