रेलवे क्रसिङमा वाहनको धक्काले एकजनाको मृत्यु

बिन्नागुडी: बिन्नागुडी रेलवे क्रसिङ नजिकै राष्ट्रिय राजमार्ग 31 मा आज अपरान्ह फेरि एउटा सडक दुर्घटना भएको छ। उक्त दुर्घटनामा एकजना व्यक्तिले प्राण गुमाएका छन्। प्रत्यक्षदर्सीले बताए अनुसार उक्त व्यक्ति साइकलमा सवार भएर सडक पार गर्न लाग्दा सेनाको एउटा गाडीले धक्का दिएपछि तिनको घटनास्थलमा नै मृत्यु भएको छ। तथापि हालसम्म उक्त व्यक्तिको सठिक परिचय पाउन सकिएको छैन। अर्कोतिर, पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा ल्य़ाउनको साथै घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *