रेलवेका रनिङ कर्मचारीहरूलाई अनैतिक रूपमा स्थानान्तरित गर्ने निर्णयको विरोधमा एनजेपी स्टेसनमा प्रदर्शन

सिलगढी : रेलवेका रनिङ कर्मचारीहरूलाई अनैतिक रूपमा स्थानान्तरण गर्ने निर्णयको विरोधमा रेलकर्मी संगठन जोइन्ट एक्सन कमिटीले एनजेपी स्टेशनको 1 नम्बर प्लेटफर्ममा विरोध प्रदर्शन गर्यो। प्रदर्शनकारीहरूको आरोपअनुसार रेलवेको उच्च पदस्थ अधिकारीहरूले रेलवे चालक तथा गार्डहरूलाई अनैतिक रूपमा स्थानान्तरित गरिदिएको छ। यस सम्बन्धमा रेलवे एम्प्लोइज युनियनको एनजेपी शाखाका संयुक्त सचिव भास्कर तरले बताएअनुसार एनजेपी स्टेशन पूर्वोत्तर भारतको मुख्य स्टेशन हो। रेलवे विभागले यस स्टेशनबाट कर्मचारीहरूलाई हटाएर रोड साइड स्टेसनना स्थानान्तरित गर्ने षड्यन्त्र गरिरहेकोले संगठनले यसलाई स्वीकार गर्ने छैन। यदि आफूहरूको माग पुरा नगरेको खण्डमा आगामी दिनमा बृहद आन्दोलन गर्ने तिनले चेताउनी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *