रेलवेको जमिनमा गरिएको अवैध निर्माणलाई भत्काएपछि सहयोगको लागि अघि आयो तृणमूल श्रमिक संगठन

सिलगढी : रेलवेको जमिनमा अवैध रूपले बसोबासो गर्दै आइरहेका मानिसहरूलाई रेलवे विभागको तर्फबाट आज उच्छेद अभियान चलाएपछि ती घरविहीन मानिसहरूको सहयोगको लागि तृणमूल श्रमिक संगठन अघि आएको छ। प्राप्त जानकारी अनुसार एनजेपी संलग्न डीएस कोलनीमा सडक नजिक रहेको रेलवेको जमिनमा अवैध रूपमा केही दोकान तथा घरहरू बनाएर मानिसहरू बसोबास गर्दै आइरहेका छन्। रेलवे विभागले उक्त अवैध निर्माण हटाउने निर्देश दिए तापनि ती अवैध निर्माणहरू नहटाएपछि आज बिहान रेलवे विभागले अभियान चलाएर त्यहाँ रहेका घर तथा दोकानहरू भत्काइदिएको छ। रेलवे विभागले अचानक चलाएको उक्त अभियानले गर्दा त्यहाँ बसोबासो गर्दै आएका मानिसहरू विपदमा परेका छन्। उक्त अवैध जमिनमा बसोबासो गर्दै आइरहेका मानिसहरूले यसको विरोध जनाउँदै आज क्षोभ प्रकट गरे। अर्कोतिर, तृणमूल श्रमिक संगठन आईएनटीटीयुसी-को एनजेपी शाखा ती उच्छेद भएका मानिसहरूको सहयोगको लागि अघि आएको छ। संगठनको तर्फबाट आज ती घरविहीन मानिसहरूको लागि पुर्नवासको व्यवस्था गरिनुपर्ने माग गर्दै रेलवेका अधिकारीहरूसित भेट गरेर एउटा ज्ञापन पत्र पनि चढाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *