रेलवे लाइनबाट क्षत-विक्षत अवस्थामा व्यक्तिको शव उद्धार

सिलगढी : रेलवे लाइनबाट आज एकजना व्यक्तिको क्षत-विक्षत अवस्थामा शव उद्धार भएको छ। उक्त घटना राजगञ्ज ब्लकको पानीकौरी अञ्चलको बनियापाड़ा इलाकामा घटेको हो। मृतक व्यक्ति चन्दारबारी गाउँ निवासी 42 वर्षीय उलेन रायको रूपमा चिन्हित गरिएको छ। स्थानीय सूत्रले दिएको जानकारी अनुसार मगराडाङ्गी बजारमा उलेन रायको साइकल मरमति गर्ने दोकान छ। आज बिहान दोकानदेखि लगभग 2 किलोमीटर टाढा बनियापाड़ा इलाकाको रेलवे लाइनबाट तिनको क्षत-विक्षत अवस्थामा शव उद्धार भएको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *