रेलवे लाइनमा आत्महत्या गर्ने प्रयास गरेका व्यक्तिको लोको पाइलटको सुझबुझले बाँच्यो ज्यान

अलिपुरद्वार (निसं): पूर्वोत्तर सीमान्त रेलवेको न्यु मैनागढी स्टेशनबाट न्यु अलिपुरद्वार-सियाल्दा जाने टिस्टा-तोर्सा एक्सप्रेस दोमहनी स्टेशनको तर्फ गइरहेको थियो। ट्रेनको इञ्जिनमा ड्युटीमा तैनाथ लोको इन्स्पेक्टर चन्दन सरकारले ट्रेनको लाइनमा एकजना व्यक्तिले टाउको राखेको देखेपछि तिनले ट्रेन चालकलाई यसबारे जानकारी दिए। यसपछि चालकले ज्यान जोखिममा पारेर इमरजेन्सी ब्रेक लगाएर ट्रेन रोकेपछि लोको इन्स्पेक्टरले उक्त व्यक्तिलाई रेल लाइनबाट उठाएर आरपीएफ अधिकारीलाई सुम्पिदिए। उक्त व्यक्ति रोहित सरकारको रूपमा चिन्हित गरिएको छ भने तिनी पेशाले एउटा निजी परिवहन कर्मचारी हुन्। नोकरी गुमाएपछि हताश भएर आत्महत्या गर्न आएको कुरा तिनले स्वीकारे। घटनापछि पूर्वोत्तर सीमान्त रेलवेको अलिपुरद्वार डिभीजनले एउटा भीडियो जारी गरेर चालक र लोको इन्स्पेक्टरलाई बधाई दिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *