रेलवे स्टेशनमा बङ्ग्ला भाषाको प्रयोग नगरेको आरोपमा मामिला दर्ता

सिलगढी : रेलवे स्टेशनमा जरुरी निर्देशिकालगायत माइकिङ समेत बङ्ग्ला भाषामा नगरेको रेलवे कर्तृपक्षविरुद्ध अभियोग उठेको छ। सिलगढी बासिन्दा पेशाले वकील सञ्जीब चक्रवर्तीले यसबारे जलपाईगढी सर्किट बेञ्चमा मामिला दर्ता गरेका छन्। पश्चिमबंगालको भाषा कानुनको उल्लङ्घन गर्दै विभिन्न ठाउँहरूमा रेलवे कर्तृपक्षले बङ्ग्ला भाषाको व्यवहार नगरेको तिनले आरोप लगाएका छन्। जरुरी निर्देशिका, फलकनामामा बङ्ग्ला भाषाको प्रयोग नगरेकोले बङ्ग्ला भाषा मात्र जान्ने मानिसहरूलाई निक्कै असुविधा भइरहेको तिनले बताए। यसबारे धेरैपल्ट उत्तर-पूर्वी सीमान्त रेलवे अधिकारीहरूलाई अवगत गराए तापनि कुनै पहल नगरेकोले गर्दा नै वकील हिल्लोल साहा पोद्दारको सहयोगमा मामिला दर्ता गरेको तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *