सिलगढी : सिलगढी मेट्रोपोलिटनको प्रधान नगर थाना अन्तर्गत दार्जिलिङ मोड़को रेलवे ट्र्याक नजिक गत राति अज्ञात वृद्धाको शव उद्धार भएको छ। स्थानीय मानिसहरूले रेलवे ट्र्याक नजिक उक्त वृद्धालाई अचेत अवस्थामा देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त वृद्धालाई उद्धार गरेर सिलगढी जिल्ला अस्पतालमा प्राथमिक चिकित्साको लागि लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि शवलाई पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।