राजाभातखावा प्रजनन केन्द्रबाट 13 वटा व्हाइट ब्ल्याक गिद्धलाई छोडियो खुल्ला आकाशमा

अलिपुरद्वार: राजाभातखावा प्रजनन केन्द्रबाट 13 वटा व्हाइट ब्ल्याक गिद्धलाई खुल्ला आकाशमा छोड़िदिएको छ। बक्सा वन विभागले आज राजाभातखावा प्रजनन केन्द्रबाट मोठ 20 वटा गिद्धलाई छोडिदिएको छ, जसमा 13 वटा व्हाइट ब्ल्याक प्रजातिको र 7 वटा हिमालयन ग्रिफिन प्रजातिको गिद्ध सामेल छ। पर्यावरणलाई सन्तुलन बनाइराख्ने उद्देश्य लिएर बम्बे नेचुरल हिस्ट्री सोसाइटीले पर्यावरणबाट लुप्त भइरहेको गिद्धहरूलाई प्रजनन गर्ने पहल गरेको छ। बक्सा वन विभागको राजाभाजखावा जङ्गलमा गिद्ध प्रजनन परियोजना शुरू गरिएको छ। कलर आईडी (पीटीटी)-को माध्यमद्वारा 2019-मा पहिलोपल्ट राजाभाजखावा गिद्ध प्रजनन केन्द्रबाट गिद्धहरू खुल्ला आकाशमा छोड़िएको थियो। यसपछि वन विभागले तिनीहरूको गतिविधिमाथि नजर राखिरहेको थियो। यसै अनुसार आज शुक्रबार फेरि राजाभाताखावा प्रजनन केन्द्रबाट 13 वटा व्हाइट ब्ल्याक गिद्ध छोड़िएको छ। हालसम्म मोठ 31 वटा व्हाइट ब्ल्याक लगायत अन्य प्रजातिको गिद्धहरू छोड़िसकेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *