राजाभातखावा रेलवे स्टेशनमा कोच रेस्टुरेन्टको उद्घाटन

कालचिनी (निसं): राजाभातखावा रेलवे स्टेशनमा यात्री तथा पर्यटक ट्रेनको बगीमा बसेर रेस्तराँको वातावरण तथा स्वादिष्ट भोजनको आनन्द उठाउन सक्नेछन्। यसको लागि टिकट किन्न तथा ट्रेनको यात्रा गर्न आवश्यक छैन। पूर्वोत्तर सिमान्त रेलवेले यस्तो एउटा अनौठो पहल गरेको छ। यो बाहिरबाट हेर्दा लग्जरी ट्रेनको रूम जस्तो लागे तापनि भित्र पसेर हेर्दा असलमा यो एउटा रेस्टुरेन्ट हो। यहाँ तपाइँले विभिन्न प्रकारको स्वादिष्ट व्यञ्जन पाउनु हुनेछ। यहाँ भेज-ननभेज दुवै प्रकारको खानाहरू उपलब्ध रहेको छ। यो कोच रेस्टुरेन्ट पूर्वोत्तर रेलवेद्वारा एनजेपी स्टेशनमा पहिला नै शुरू गरिसकेको छ भने यसपल्ट कालचिनी ब्लकको राजाभातखावामा कोच रेस्टुरेन्ट शुरू गरिएको छ। उक्त रेस्टुरेन्टको आज विधिवत् रूपमा उद्घाटन गरियो। यस अवसरमा डीआरएम अमरजीत गौतम लगायत अन्य व्यक्तिहरू उपस्थित थिए। डीआरएम अमरजीत गौतमले बताएअनुसार राजाभातखावादेखि जयन्ती र बक्सा जान सकिन्छ। कालचिनी र अलिपुरद्वार पनि नजिकै छ। पर्यटकहरूको भीडलाई ध्यानमा राखेर राजाभातखावामा यस कोच रेस्टुरेन्टको शुभारम्भ गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *